
पोखरा – सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको मुद्दामा धरौटी बुझाएर तीन जना रिहा भएका छन्।
जिल्ला न्यायाधीश नीतिज राईको इजालसले हिरासतमा रहेका ७ जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै धरौटी बुझाएर छुटेका हुन्।
पूर्वसांसद रहेकी संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्व सञ्चालक कृष्ण गुरुङले धरौटी बुझाएर रिहा भए।
जिल्ला अदालत कास्कीका न्यायाधीश इजलासले मीना र आरतीलाई ५/५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो। कृष्णलाई १ लाख रुपैयाँ धरौटी माग गरेकोमा बुझाएर रिहा भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६५ लाख, पूर्वडिआइजी छविलाल जोशीसँग ८८ लाख, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनालसँग १५ लाख र लिला पछाईंलाई ३७ लाख रुपैयाँ धरौटी माग भएको छ।