स्वास्थ्य परीक्षणपछि प्रहरीले लामिछानेलाई परिवारको जिम्मा लगायो

+
-

पोखरा – प्रहरीको हिरासतबाट ८४ दिनमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ।

जिल्ला अदालत कास्कीबाट निस्किएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयनजिकै रहेको फिस्टेल हस्पिटलमा स्वास्थ्य परीक्षण गरेपछि प्रहरीले परिवारको जिम्मा लगाएको हो।

रास्वपाका प्रवक्ता मनीष झाले लामिछानेलाई परिवारको जिम्मा लगाइएको जानकारी दिए। उनी निजी सवारीमा चढेर अस्पतालतर्फ लागेका थिए।

उनी आफैँ भोलि जिल्ला अदालत काठमाडौँ उपस्थित हुने भएकाले प्रहरीले पक्राउ नगर्ने भएको थियो।

लामिछानेविरूद्ध काठमाडौँमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको मुद्दा दायर भएको छ। जिल्ला अदालतलेसमेत पक्राउ पुर्जी जारी गरेको अवस्था भएकाले पक्राउ गरेर काठमाडौँ प्रहरीलाई बुझाउने तयारीबाट प्रहरी पछाडि हटेको छ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न थुनछेक आदेश दिएको थियो। रवि ६५ लाख रुपैयाँ धरौटी बैंक ग्यारेन्टीमार्फत तिरेपछि उनी रिहा भएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?