ओलीमाथि नेपालको कटाक्ष- सत्ता नछाड्ने दाउ हो?

ओलीमाथि नेपालको कटाक्ष- सत्ता नछाड्ने दाउ हो?
+
-

काठमाडौँ- सिंहदरबारमा जारी विपक्षी दलहरुको बैठकबाट निस्किएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गर्दै उनले सत्ता नछाड्ने दाउ बनाएको बताएका छन्।

सिंहदरबारस्थित मा‌ओवादी संसदीय दलको कार्यालयबाट शुक्रबार अपराह्न बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले भने- ओलीजी २०८७ सालमा संविधान संशोधन गर्ने भन्दै हुनुहुन्छ। त्यत्तिञ्जेल सत्ता नछाड्ने दाउ हो?’

उनले संसद् विघटन गरेर सत्ता लम्ब्याउन खोजेको हो कि भनी ओलीलाई कटाक्ष गरेका थिए।

त्यस्तै उनीसँगै बैठकबाट बाहिरिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओलीले संविधान संशोधन गर्नै नचाहेको टिप्पणी गरेका थिए। ‘म त भोलि हुने पृथ्वी दिवसको कार्यक्रमको निम्तो दिन आएको तर समसामयिक विषयमा छलफल त भइहाल्छ नि। प्रधानमन्त्री ओली संविधान संशोधन नै नगर्ने दाउमा हुनुहुन्छ,’ उनले भने।

राप्रपाले शनिबार पृथ्वी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा सबै दलका नेताहरुलाई निम्ता गरेका छन्।

राप्रपा, नेकपा एससहित माओवादी र जसपासहितको बैठकमा सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा शुक्रबार भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?