
काठमाडौँ – नेपाली सेनाको एकीकरण पदयात्रा काठमाडौँ पुगेको छ।
३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पुस २१ गते गोरखादेखि सुरु भएको पदयात्रा शुक्रबार काठमाडौँ आइपुगेको हो।
गोरखाबाट पदयात्रामा हिँडेको नेपाली सेनाको टोली धादिङको भर्याङ भुरुङ, नुवाकोटको ककनी हुँदै काठमाडौँ आइपुगेको हो।
नेपाली सेनाको मुख्यालयमा विशेष कार्यक्रम गरी शनिबार पदयात्रा समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ।
उक्त पदयात्रा टोलीले नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको हो।
नेपाली सेनाको ‘एकीकरण टर्च र्याली बिहीबार काठमाडौँ आइपुगेको हो।
टोलीले उक्त टर्चलाइट वसन्तपुरमा रहेको सर्दुजल गुल्मलाई हस्तान्तरण गरेको हो।