पृथ्वीनारायण शाहको सालिकमा राप्रपाका नेता तथा कार्यकर्ताद्वारा माल्यार्पण (तस्बिरहरू)

पृथ्वीनारायण शाहको सालिकमा राप्रपाका नेता तथा कार्यकर्ताद्वारा माल्यार्पण (तस्बिरहरू)
+
-

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन तथा अन्य नेता कार्यकर्ताले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। 

शनिवार ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा (राप्रपा)का अध्यक्ष लिङ्देन र अन्य नेता कार्यकर्ताले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गरेका हुन्।

साथै सालिकमा पुष्प गुच्छा पनि अर्पण गरिएकाे थियाे। साेही अवसरमा  राप्रपाका कार्यकर्ताहरूले सिंहदरबार अगाडि गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावादको नारा लगाएका थिए। 

पृथ्वीनारायण शाहको जन्मजयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो।

विसं १७९९ चैत २५ गते उनी राजा भएका थिए।

थप तस्बिरहरु: वर्षा शाह/देश सञ्चार

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?