रेडियाे नेपालकाे जागिर छोडेर संगीत पढेका राजु सिंह

+
-

नेपाली सांगीतिक क्षेत्रमा एक प्रतिष्ठित नाम हो राजु सिंह। संगीतका विशिष्ट साधक राजुले अघिल्लो छिमलका गायक संगीतकारदेखि नयाँ पुस्ताका गीतकार तथा गायकसँग पनि सहकार्य गरेका छन्।

दर्शक श्राेतामा गहिरो छाप छोडेका थुप्रै गीतमा संगीत दिएका राजु भन्छन्, ‘अहिले मेरो लागि संगीत र प्राध्यापन पर्यायवाचीजस्तो भएको छ। संगीत गर्छु, संगीत नै पढाउँछु।’

प्राध्यापन पेशाका साथै संगीतमा पनि उत्तिकै सक्रिय राजु संगीतका विविध विधामा काम गरिरहेका छन्। नेपाली संगीतको अध्ययनदेखि विश्वविख्यात ट्रिनिटी कलेज अफ म्युजिक लण्डनमा संगीतको आठ लेबलको डिप्लोमा गरे पाश्चात्य संगीतमा उनले। हरेक विधामा अध्ययन गरे। स्वरलिपि, वाद्यवादन, अध्ययन, संगीत परिचालक पनि पढे।

साढे तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा बिताइसकेका राजु अहिले पनि नयाँ पुस्ताका गायक तथा गीतकारकाे राेजाइमा पर्छन्। गायक दीप श्रेष्ठले गाएकाे बादलहरू हाेस् कि, रामकृष्ण ढकालले गाएकाे बचन ताेडेलगायत गीतदेखि फिल्म, जिङ्गल र आधुनिक गीतमा काम गरेका छन्। अघिल्ला पुस्ताका प्रेमध्वज प्रधान, सुकमित गुरुङ, दीप श्रेष्ठदेखि नवीन के भट्टराई, सुगम पोखरेलदेखि अहिलेका चल्तीका गायकसँग पनि उनले काम गरे।

‘संगीतमा साढे तीन दशक काम गरौँला सोचेको थिइनँ। अन्य क्षेत्रमा यत्तिका समय काम गर्दैनन् सायद,’ उनले भने, ‘मलाई संगीतले जुन स्थान दियो त्यो मैले सोचेकै थिइनँ । संगीतमा लागेरै हो म अहिलेसम्म टिकेको।’

राजु बाल्यकालमा गीत गाउँदै हिँड्थे तर बुवाको साथले उनी संगीतकार बने। राजु भन्छन्, ‘मेरो बुवाको वाद्यवादनबिना सायद सांगीतिक कार्यक्रम हुन्थेन।’

राजुले जीवनमा सांगीतिक गुरू आफ्नै बुवा वाद्यवादक भगत सिंह पाए। भगत सिंह वाद्यवादनमा उस्ताद नै थिए। थुप्रै गायक कलाकारले आफ्ना गीतमा भगत सिंहले बजाएको बाजा राख्न चाहन्थे र उनको घरमै आउँथे। घरको सांगीतिक माहोल उनमा भिज्दै गयो। बुवाले बजाउने बाजा उनले बजाउन थाले। त्यसो हुँदा राजुको उठबस पनि तिनै स्रष्टाहरुसँग भयो। राजु बाल्यकालमा गीत गाउँदै हिँड्थे तर बुवाको साथले उनी संगीतकार बने। राजु भन्छन्, ‘मेरो बुवाको वाद्यवादनबिना सायद सांगीतिक कार्यक्रम हुन्थेन।’

संसारमा नभएको धुनबाट अर्को नयाँ धुन निर्माण गर्ने काम हो संगीतकर्म। यो आम काम होइन र त साधना चाहिन्छ। ‘गीतको आयु लामो बनाउन संगीतकारको ठूलो भूमिका रहन्छ,’ उनले भने ।

राजुले कहिल्यै सरकारी जागिरका लागि मरिहत्ते गरेनन्। किनकि त्यतिसम्म गर्न नपर्ने वातावरण उनका बुवाले बनाइदिएका थिए।

सांगीतिक क्षेत्रमा यति प्रख्याति कमाएका राजुका बुवाले संगीतबाट जीविकोपार्जनमा गाह्रो हुने देखेपछि त्यो बेलाको शिक्षा मन्त्रालयअन्तर्गत रहेर उच्च पदमा जागिरे हुन पुगेको राजुले सम्झिए- ‘बुवाले संगीतलाई साेख बनाउनुभयो तर पेसा बनाउनुभएन। त्यो समय कलकत्ताबाट पढेर आउनुभएको थियो बुवाले। तर, सर्भाइभ हुन गाह्रो भएपछि जागिर खानुभयो। केही समय एकेडेमीतिर पनि काम गर्नुभयो। बुवाले संगीतमै लागेर जीवन चलाउन गाह्रो हुने देखेर होला मलाई संगीत पढाउनुभयो । कम्तीमा संगीतलाई पेसामा रुपान्तरण गर्न सकौँ।’

हिजोको दिन संगीतमा व्यापार हुन्छ भनेर पढेका थिएनन् राजुले तर संगीत अहिले ठूलो उद्योग बनेको छ र यतिखेर उनी पनि व्यावसायिक संगीतकार हुन्। सहरमा महँगाे संगीतकारका रूपमा पनि चिनिन्छन् राजु।

राजु त्यस्ता संगीतकार हुन् जसले रेडियो नेपालमा टीका भण्डारीजस्ता संगीतकारसँग नाम निकाले तर जागिर खाएनन्। बरु उनी छात्रवृत्तिमा संगीत पढ्न लण्डन गए। अहिले प्राध्यापन र संगीतलाई सँगसँगै अघि बढाइरहेका राजु भन्छन्, ‘त्यो बेला संगीत नै नपढेको भए म बैंकको जागिरे हुन्थेँ हुँला। पढेको संगीतकार भएरै हो कि म संगीतमा त्यति सम्झौता गर्दिनँ।’

हिजोको दिन संगीतमा व्यापार हुन्छ भनेर पढेका थिएनन् राजुले तर संगीत अहिले ठूलो उद्योग बनेको छ र यतिखेर उनी पनि व्यावसायिक संगीतकार हुन्। सहरमा महँगाे संगीतकारका रूपमा पनि चिनिन्छन् राजु।

सांगीतिक क्षेत्र जति व्यावसायिक हुँदै गयो त्यति विकृति पनि आएको छ। राजु यसलाई सामान्य मान्छन्। उनी भन्छन्, ‘हिजो रेडियो नेपालमा गीत जाँदा सेन्सर हुन्थ्यो। आज संगीतमा कुनै सेन्सर छैन तर स्रष्टा स्वयं सचेत हुनुपर्छ र राज्यले नियमनचाहिँ गरिरहनुपर्छ।’

उहिले-उहिले संगीत क्षेत्रमा लाग्नेहरूलाई बिग्रिएको समेत भन्थे। गणितमा कमजोर भयो भने ‘तँ त बजाएरै खाने त होलास्’ समेत भन्थे। अहिले राम्रो बजाउने र गाउनेलाई इज्जत र सम्मान हुने समय हो। राजुका अनुसार संगीतमा केही प्रतिभा र केही ज्ञान हुन जरुरी छ। उनी भन्छन्, ‘अध्ययन नगरी कुनै पनि क्षेत्रकाे विज्ञ हुन सकिन्न। संगीत त सागर हो। जति बुझ्दै गयो त्यति अपर्याप्त हुन्छ।’

देशकै केही प्रतिष्ठित कलेजहरूमा संगीत पढाउँदै आएका राजु संगीतमा लागेकाहरूलाई मिडियाले खाेज्न थालेकाे बताउँछन्, ‘संगीत यस्तो विधा रहेछ जसले बुढेसकालसम्म पनि बजारले माग राख्छ। अहिले माणिक रत्न, दीप श्रेष्ठ, रञ्जित गजमेरहरू कन्सर्ट गरिरहेका छन्।’

संगीतबिना जीवन कल्पिन सक्दैनन् राजु। राजु बुवाले भनेको सम्झिन्छन्- ‘संगीत भनेको गाउने र बजाउने मात्रै होइन। संगीत बुझ्न या सुन्नका लागि पनि संगीत पढ्नुपर्छ भन्नुहुन्थ्यो बुवाले।’

हिजोको दिनमा स्टेजमा चढेका वाद्यवादन जब तल झर्थे कसैले चिन्दैनथे अहिले स्टेजदेखि तलसम्म ‘वाहीवाही’ हुने गरेको बताउँछन् राजु।

देशकै केही प्रतिष्ठित कलेजहरूमा संगीत पढाउँदै आएका राजु संगीतमा लागेकाहरूलाई मिडियाले खाेज्न थालेकाे बताउँछन्, ‘संगीत यस्तो विधा रहेछ जसले बुढेसकालसम्म पनि बजारले माग राख्छ। अहिले माणिक रत्न, दीप श्रेष्ठ, रञ्जित गजमेरहरू कन्सर्ट गरिरहेका छन्।’

केही स्रष्टा बजारमुखी भएको पनि बताउँछन् उनी। आफ्नो लागि संगीत गर्ने हो भने कालजयी गीत/संगीत जन्मिन सक्ने बताउँछन्। ‘म मेरो लागि संगीत गर्न खोजेको मान्छे हुँ,’ उनी भन्छन्, ‘कुनै पनि सिर्जनात्मक विधामा पाउनभन्दा पनि त्याग्न तयार भएर काम गर्नुपर्छ। त्यो कामको जश पनि पाइन्छ र मूल्याङ्कन पनि।’

पप गीत ओझेलमा परे पनि गाउनचाहिँ गाइरहेका छन्। राजुका अनुसार पप गीत थिएन भने ओमविक्रम विष्टहरू जीवनको  उत्तरार्धमा कन्सर्ट गर्दैनथे। गीत निकाल्दैनथे। उनी भन्छन्, ‘थुप्रै नयाँ भाइबहिनी छन् पप संगीत र गायनमा र पनि पप संगीत अलिकति ओझेलमा चाहिँ परेको छ।’

राजु पप गीत हुँदै संगीतमा जमेका स्रष्टा हुन्। तर, अहिले नेपाली पप गीत ओझेल परेको समय हाे। पहिलेको तुलनामा न्यून पप गीत बजारम आइरहेको छ तर राजु भन्छन्, ‘पप गीत अहिले फरक स्वरूपमा आइरहेको छ। अहिले फ्युजन भएर पप गीत आइरहेको छ।’

पप गीत ओझेलमा परे पनि गाउनचाहिँ गाइरहेका छन्। राजुका अनुसार पप गीत थिएन भने ओमविक्रम विष्टहरू जीवनको उत्तरार्धमा कन्सर्ट गर्दैनथे। गीत निकाल्दैनथे। उनी भन्छन्, ‘थुप्रै नयाँ भाइबहिनी छन् पप संगीत र गायनमा र पनि पप संगीत अलिकति ओझेलमा चाहिँ परेको छ।’

नेपाली पपको उदयसँगै राजु सिंहले ‘प्रतिविम्ब व्याण्ड’मा आबद्ध भएका थिए र पप संगीत कम्पोज पनि गरे। पप गीत पछिल्लो समय ओझेलमा पर्नुको कारण लोकगीत पनि हो। लोकगीतले अन्य संगीतलाई थिचेको समय ठान्छन् राजु तर लोकगीतमा भित्रिएको छाडापनप्रति उनी गम्भीर छन्। ‘अहिले लोकगीतको बाढी छ। हरेक गीतमा लोक फ्लेबर आउँछ। सबै चल्दैनन्। सबै बिक्दैनन्। ती विस्तारै छानिन्छन्,’ उनले भने, ‘तर सुगम संगीतको अवस्था भने खस्किएको छ।’

संगीतका साथै गायनमा पनि रुचि राख्छन् राजु। भन्छन्, ‘मेराे स्वर अर्काइभका लागि पनि केही गीत गाउँछु हाेला।’

राम्रा स्रष्टाहरू नेपालमा राम्रै अवसर हुँदा पनि पलायन भइरहेका छन्। तर, राजुलाई पलायन हुन मन छैन। जे गर्नु छ नेपाली माटो र नेपाली संगीतमै केही गर्ने सोच सुनाए-‘मलाई बाहिर जान मन छैन। कि पहिले नै गएको भए अर्कै कुरा हुन्थ्यो। बाहिर कमाउने म यहाँ पनि कमाउँछु। बस्, राज्यले दिने सेवा–सुविधाकै कारण पलायन भइहाल्नुपर्छजस्तो लाग्दैन।’

संगीतकारलाई देशमा रोक्न सक्ने कुरामा पनि उनी गम्भीर छन्। ‘राज्यले केही पहलकदमी गरिदियो भने सिर्जनात्मक क्षेत्रमा लागेका सबै कलाकार रोकिन्छन्,’ उनले भने।

संगीतका साथै गायनमा पनि रुचि राख्छन् राजु। भन्छन्, ‘मेराे स्वर अर्काइभका लागि पनि केही गीत गाउँछु हाेला।’

राजुका अनुसार नेपाली संगीतको मूल आधार लोक र शास्त्रीय नै हो। उनी भन्छन्, ‘जे होस् ,नेपाली संगीत नेपालको पहिचान हो। जुनसुकै विधामा विकृति आए पनि समग्र रूपमा नेपाली संगीत र स्रष्टाको प्रतीकसँग जोडिएको हुन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?