जसलाई भाइरल हुन होइन, टिकिरहन मन छ

आमाको सपनाले डोर्‍याएको नारायणीको कलायात्रा (भिडियोसहित)

+
-

औसत ग्रामिण परिवारमा जन्मिएकी नारायणी खत्री कुनै समय नाच्नकै लागि साउन कुर्थिन्। तीजजस्ता मेलापर्व होस् वा बिहेबारी, नाच्नमै विशेष रमाउँथिन्, उनी। बाल्यकालमा गाउँमा नाच्दै-गाउँदै हिँड्दा कतिपयले नपढेर बरालिई पनि भन्न भ्याउँथे। कतिले यस्तो कुरा घरमा बा-आमालाई पनि सुनाउँदा मन अमिलो भएको अनुभव पनि छ, उनीसँग। ‘कतिले त नमिठा बचन पनि लगाउनुहुन्थ्यो। घरमा बाबा-आमालाई पनि सुनाउनुहुन्थ्यो। तर, पनि उहाँहरूले मलाई सधैँ साथ दिनुभयो अनि मैले निरन्तरता दिन पाएँ। ती बचन र ती क्षण सम्झिँदा अझै पनि मन अमिलो हुन्छ,’ उनी सुनाउँछन्।

नारायणीको जन्मथलो प्युठान मात्र नभई अधिकांश ग्रामिण नेपाली समाजको यथार्थ चित्रण हो, यो। जहाँ छोरी मान्छेको यात्रा छोराको भन्दा अलिक अप्ठेरोमै पारिदिन्छ, समाजले। या भनूँ छोरी मान्छेले अझै बढी संघर्ष गर्नुपर्छ, सपनाको यात्रा तय गर्न र त्यसलाई सार्थकता दिन। जुन यात्रा नारायणीले पनि ढिट कसेरै तय गरिन्।

सानै उमेरमा जिन्दगीका अनेकन मोडहरूसँग पौठेजोरी खेलेकी उनलाई स-साना दु:ख र अभावहरूले खासै छुँदैनन्। ‘आमा गुमाइसकेपछि अब के छ र मसँग गुमाउनु? जस्तो लाग्छ,’ केही भावुक हुँदै उनी भन्छिन्। गाउँघर, मेलापर्व यस्तैमा साथीहरूसँग नाच्दै रमाउँदै गरेकी नारायणीले कक्षा ९ मा पढ्दाताका दाङ आउनुपर्ने भयो। परिवार नै बसाइँ सरी दाङ आएपछि उनको स्कूलसँगै साथी, समाज, परिवेश र वातावरण सबै फेरियो। जहाँ अध्ययनभन्दा बढी नृत्यसँग जोडिने मौका पनि पाइन्, उनले।

नारायणीकी आमाको सपना थियो, ‘छोरीलाई राम्रो कलाकार बनाउने।’ दाङ नै घर भएका नायक पल शाह उनकी आमालाई निकै राम्रो लाग्थ्यो। आफ्नी छोरीलाई पनि पलसँगै अभिनय गराउने रहर भएकी आमा अम्बी खत्री भने नारायणी कलायात्राको उकालो चढ्दै गर्दा अस्ताइन्। आमा अस्ताएसँगै नारायणीको ऊर्जा पनि केही मुर्झायो। ‘तिमीले पल बाबुसँग अभिनय गरेको हेर्न मन छ भन्नुहुन्थ्यो। सपना नै थियो आमाको,’ केही गम्दै उनी भन्छिन्,’निकै गाह्रो भयो त्यो बेला। पछि सम्हालिँदै गएँ। आमा हामीसामु नभए पनि उहाँको सपना पूरा गर्नुपर्छ भन्ने लाग्यो र यो गीत (करिमैले…) ल्याउने तरखरमा जुटेँ।’

डेढ वर्ष पहिले आमाको निधनले टुटेकी उनलाई करिमैले…फेरि जुट्न प्रेरणा दियो। यसअघि ठमेल असन, शीरफूल शीरको, गाउँले पाराले, हेर न मायाले लगायत थुप्रै गीतहरूमा नृत्य-अभिनय गरेर राम्रो चर्चा पाएकी नारायणीलाई मेला महोत्सवतिर पनि छाउने मौका मिल्यो। नेत्र अर्यालको शब्दमा खेम सेन्चुरी र देवी घर्तीको स्वर रहेको उक्त गीतमा मुख्य भूमिकामा पल शाह र उनै नारायणी छिन्। गीतमा पल र नारायणीको वियोगान्त प्रेम प्रसंगलाई देखाइएको छ, जसलाई नारायणी आफ्नै जीवनगाथाको केही हिस्सा भएको बताउँछिन्। ‘सपना सपनामै प्रेम भयो, ब्यूझिँदा बिछोड भयो,’ उनी भन्छिन्।

आमाको सम्झनामा आफैले लगानी गरी बनाइएको उक्त गीतमा उनले आमाको सम्झनामा कपाल मुन्डनसमेत गरेकी छन्। ‘रिल’मा आमा गुमाएकी उनले ‘रियल’मा आमा गुमाउँदाको वियोग समेटिन्, जसलाई गीत हिट बनाउन गरेको प्रपञ्ज पनि भन्न भ्याए कतिले। तर, उनी भने आफूलाई भाइरल हुन कुनै सोख नभएको बताउँछिन्। भन्छिन्,’भाइरल हुन कुनै सोख छैन। निरन्तर मेहनत गरेर दीर्घकालीन रुपमा क्रियाशील रहन मन छ।’

काठमाडौँमा आएर सुरुमा दोहोरी साँझमा काम गरेकी नारायणीलाई त्यो नै आफ्नो कलायात्राको पहिलो पाठशाला लाग्छ। ‘यसै पनि रातको काम भएकाले होला दोहोरी साँझलाई अलिक गलत नजरले हेरेको पनि पाइन्छ,’ उनी भन्छिन्,’सुरुमा आएर त्यहाँ काम गरेँ। धेरै कुरा सिकेँ। मान्छे चिनेँ। मेरो लागि त पाठशाला नै दोहोरी साँझ हो। आर्थिक र कला दुवै हिसाबले मलाई सबल बनाएको छ त्यसले।’

रहरैरहरमा नाच्ने नारायणीको यतिबेला दैनिकी नै नृत्य बनेको छ। साथीभाइ भेट्दा पनि अधिक रुपमा गफगाफ यही विषयमा नै हुन्छन्। तर, उनको मनमा भने कता-कता आमाको अभाव महसुस भइरहन्छ। ‘आमाको सपना पूरा गरेँ। खुसी नै छु। कामले राम्रो चर्चा पनि पाएको छ। तर यो बेला आमा भइदिएको भए कति खुसी हुनुहुन्थ्यो जस्तो लाग्छ,’ उनी सुनाउँछिन्।

प्रस्तुत छ उनै मोडल नारायणीसँग उनको यात्रा, संघर्ष र अबको सपनालगायत विषयमा अस्मिता केसीले गरेको कुराकानीको भिडियो:  

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?