
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौँबाट प्रहरीले हिरासततर्फ लिएर गएको छ।
अदालतले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएसँगै रविलाई प्रहरीले लिएर गएको हो। आइतबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको थियो। आदेशपछि रवि अदालतबाट सलाम गर्दै बाहिर निस्किएका थिए।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको भन्दै रविविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। उक्त मुद्दामा सोमबार थुनछेक बहस हुनेछ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई ८४ दिनपछि जिल्ला अदालत कास्कीले बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो।