१८ मार्च देखी आइपिएल सुरु हुने, २५ ‘मे’मा कोलकातामा फाइनल

१८ मार्च देखी आइपिएल सुरु हुने, २५ ‘मे’मा कोलकातामा फाइनल
+
-

इन्डियन प्रिमियर लिग (आइपिएल) को आगामी संस्करण आगामी २१ मार्चबाट सुरु हुने भएको छ। पहिलो खेल तथा फाइनल कोलकातामा हुने छ। 

त्यस्तै वुमेन्स प्रिमियर लिग (डब्लुपिएल) को तेस्रो संस्करण ७ फेब्रुअरी देखी २ मार्च सम्म हुने छ। यो पटक प्रतियोगिता ४ भेन्युमा आयोजना हुने छ।

क्रिकइन्फोका अनुसार आइपिएल कमिटीले सबै फ्रेन्चाइज टोलीलाई प्रतियोगिता हुने मितिका बारेमा जानकारी दिएको हो। फ्रेन्चाइजलाई आफ्नो तयारी सुरु गर्न पत्राचार गरिएको जनाइएको छ। आइपिएलको परम्परा अनुसार साविक च्याम्पियन टोलीको घरमा उद्‌घाटन र समापन हुँदै आएको छ।

आइपिएलको डिफेन्डिङ च्याम्पियन कोलकाता नाइटराइडर्स हो। टिमले फाइनलमा सनराइजर्स हैदराबादलाई हराएको थियो।  आइपिएलको पुरा खेल तालिका जनवरीको अन्तिम सम्ममा सार्वजानिक गर्ने तयारी गरिएको छ। १८ औं संस्करणको पहिलो खेलमा कुन-कुन टिम भिड्छन् भन्ने तय भने हुन बाँकी छ।

च्याम्पियन ट्रफीका कारण आइपिएल केही ढिला सुरु हुन लागेको हो। यसअघि आइपिएलको मेघा अक्शनका दौरान आगामी तीन वर्षको सम्भावित तालिका बारेमा जानकारी दिएको थियो। जसअनुसार प्रतियोगिता १५ मार्च  देखी २५ मे सम्म हुनु पर्ने हो। तर यो वर्ष ९ मार्चमा आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेलिने भएको र खेलाडीको आरामलाई ध्यानमा राखेर केही ढिला आइपिएलको खेल तालिका बनाएको हो। 

च्याम्पियन्स ट्रफी १९ फेब्रुअरीबाट ९ मार्च सम्म पाकिस्तान र युएईमा हुँदै छ। त्यसको दुई सातापछि आइपिएल सुरु हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?