
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संसद् भवनको निरीक्षण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको राष्ट्रपति पौडेलले सोमबार निरीक्षण गरेका हुन्।
सिंहदरबारस्थित कुल १५६.७७ रोपनी जग्गामा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ (भ्याटसहित) मा बन्न लागेको संसद् भवन ३ वर्षमा निर्माण सम्पन्न गरिसक्ने भनि २०७६ साल असोज १६ गते सम्झौता भएको थियो।
सम्झौताअनुरुप २०७९ असोज १६ गते निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि निर्माण सम्पन्न हुन नसक्दा पटक–पटक म्याद थप हुने गरेको छ।