
काठमाडौँ – काठमाडौँ उपत्यका रहेका थारु समुदायले विभिन्न कार्यक्रम गरी माघी पर्व मनाएका छन्।
राजधानीको टुँडिखेलमा माघी पर्व मनाइएको हो। उनीहरु र्यालीसहित वसन्तपुरबाट टुँडिखेल पुगेका थिए। र्यालीमा सहभागीहरुले साँस्कृतिक पहिरन लगाएका थिए।
थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन्। स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरिन्छ।