
काठमाडौँ – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण भएको विरोधमा प्रदर्शन भएको छ। बिहीबार कानुनका विद्यार्थीहरुले प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले ‘मुद्दा लड्नु कानुन व्यवसायीको पेशागत धर्म हो, यो अदालतको स्वतन्त्रताविरुद्धको प्रहार हो, यस्ता आक्रमणले कानुन व्यवसायीलाई कमजोर बनाउँछ’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
बुधबार स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा पीडित पक्षको तर्फबाट बहस गरेर निस्कने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपाका कार्यकर्ता जिल्ला अदालत काठमाडौँको गेटमै कुटपिट गरेका थिए।