हिउँदमा पनि हुम्लाका एउटा विद्यालयमा पठनपाठन सुचारु

हिउँदमा पनि हुम्लाका एउटा विद्यालयमा पठनपाठन सुचारु
+
-

सिमकोट – हिउँदै बिदामा पनि जिल्लाको एएटा विद्यालयमा पठनपाठन सुचारु भइरहेको छ। जिल्लाभरका विद्यालय हिउँदे बिदाको कारण बन्द रहेकोे समयमा नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँको हल्जी गाउँमा रहेको सुनखानी आधारभूत विद्यालयमा भने पढाइ सुचारु रहेको हो।

सहयोगी निकायले शिक्षकको व्यवस्था गर्नु र हिउँदमा पनि पठनपाठन सुचारु गर्न अभिभावक सकारात्मक भएको कारण पठनपाठन सुचारु भएको हो।

उक्त विद्यालयका शिक्षक बिकल तामाङका अनुसार सबै अभिभावक, वडा, सहयोगी निकाय र शिक्षकको साझा सहमति अनुसार हिउँदे बिदामा पनि पठनपाठन सुचारु गरिएको छ। जिल्ला भरका १५० वटा विद्यालय हिउँदे बिदाको कारण बन्द गरिएको अवस्थामा लिमीको सो विद्यालयमा भने पठनपठान जारी रहेको छ। शनिबार समेत पढाइ सुचारु हुँदै आएको छ। विद्यार्थीको पढाइमा सुधार ल्याउन केही वर्षयता विद्यालयमा पढाइ सुचारु गर्ने गरिएको हो।

सो विद्यालयमा दुई वर्ष अगाडिसम्म कक्षा पाँचसम्म मात्र पढाइ हुने गथ्र्यो। त्यतिबेला कक्षा पाँच उत्तीर्ण विद्यार्थी काठमाडौं र केही भारतमा माथिल्लो शिक्षा अध्ययन गर्ने जाने गरे पनि गत वर्षबाट कक्षा पाँच उत्तीर्ण विद्यार्थी सोही विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने व्यवस्था गरिएको छ।
यस वर्ष त्यसलाई कक्षा सातमा पुर् याउने र त्यसलाई मावि स्तरमा पुर् याउने लक्ष्य वडा र विद्यालयले लिएको छ।

यसरी विद्यालयमा पठनपाठन सुचारु गर्नका लागि एक जना सरकारी, तीन जना अमेरिकी सहयोगमा सञ्चालित संस्था आत्मीय नेपाल र एक जना आधार नेपालले शिक्षकको ब्यवस्था गरेको छ।

विद्यालयको पठनपाठनको अवस्था बुझन र आत्मीय नेपालको राष्ट्रिय निर्देशक यान्जिला थापा समेत यसवर्ष लिमी मै पठन पठनपाठनमा सघाउ पुर् याइरहेका छन्। हाल विद्यालयमा २४ जना विद्यार्थी नियमित रुपमा विद्यालयमा आएर पठनपाठनमा सहभागिता जनाउँदै आभएका छन्।

चिसोको कारण १७ जना बालबिकासका विद्यार्थी विद्यालयमा नआउने गरे पनि कक्षा १ का चार जना, कक्षा २ का पाँच जना, कक्षा ३ का चार जना, कक्षा ४ का दुई जना, कक्षा ५ का चार जना र कक्षा ६ का तीन जना विद्यार्थी नियमित रुपमा विद्यालय आउने गरेको शिक्षक तामाङले बताए। वडाध्यक्ष पाल्जोर तामाङले विद्यालयमा बिहानको खानाको ब्यवस्था अभिभावक मिलेर विद्यार्थी र शिक्षकलाई विद्यालयमै गर्ने गरिएको बताए।

यसको खर्च व्यवस्था पनि अभिभावक मिलेर गर्ने गरिएको छ। आत्मीय नेपालको आर्थिक सहयोगमा १४ कोठे नयाँ भवन निर्माण भएर हाल सोही भवनमा पठनपाठन हुने गरेको छ भने आठ कोठे भवन निर्माणाधीन अवस्थामा छ। यसअघि धेरै पहिले भिरालो जमिनमा बनेका जीर्ण भवनमा पठनपाठन हुने गथ्र्यो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?