पानी माग्न सिंहदरबार गएका हर्क साम्पाङले प्रधानमन्त्री भेट्न पाएनन् (तस्बिरहरु)

पानी माग्न सिंहदरबार गएका हर्क साम्पाङले प्रधानमन्त्री भेट्न पाएनन् (तस्बिरहरु)
+
-

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानबासीलाई खानेपानीको माग गर्दै सिंहदरबार पुगेका छन्।

उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने भन्दै निकैबेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेका थिए। तर, प्रधानमन्त्रीसँग भेट नभएपछि फर्किएका छन्। प्रधानमन्त्री कार्यालयमै रहेको समयमा उनी पुगे पनि भेट हुन सकेन।

उनी आज अर्थ मन्त्रालय र खानेपानी मन्त्रालय पनि गएका थिए। उनले खानेपानी मन्त्री प्रदीप यादवसँग भने भेटेका छन्। ‘उहाँले आफ्नो तर्फबाट पहल गर्छु भन्ने आश्वासन दिनुभएको छ,’ मेयर साम्पाङले भने।

उनले अर्थमन्त्री बिष्णु पौडेलसँग पनि भेट गरेका छन्।

प्रधानमन्त्री ओली सगरमाथा संवादका लागि व्यस्त हुनु परेकाले मेयर साम्पाङसँग भेट्न नपाएको उनको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीको समय ५ बजेपछि मिलाइदिने आश्वासन दिए पनि कन्फर्म नगरेपछि उनी त्यहाँबाट निस्केका छन्। ‘मैले करिब २ घन्टा उहाँलाई कुरेँ, भेट्न सकिनँ, पाँच बजे पनि भेट्ने नभेट्ने टुंगो नभएपछि म फर्किएँ,’ उनले भने। उनले ‘प्रधानमन्त्री आफूसँग रिसाएको हुनसक्ने’ अनुमान पनि गरे। ‘प्रधानमन्त्री मसँग रिसाउनुभएको छ होला,’ उनले भने।

उनी सोमबार धरानबाट रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए। रित्तो गाग्री लिएर सिंहदरबार छिर्न खोज्दा साम्पाङको साथबाट प्रहरीले गाग्री खोसेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?