
धनगढी- धनगढीमा घरायसी विवादका क्रममा भाइले कैँची प्रहार गरी आफ्नै दाजुकाे हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका- १७ दिपनगर टाेल बस्ने लालबहादुर बाेहराकाे गएराति हत्या भएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले घरायसी विवादमा बाेहरामाथि उनकै सहाेदर भाइ प्रकाश बाेहराले कुटपिट गरेकाे बताए ।
साे क्रममा उनकाे घाँटीमा कैँची प्रहार गरिएकाे थियाे । कैँची प्रहारबाट गम्भीर घाइते भएका बाेहरालाई राति नै धनगढीकाे निसर्ग अस्पताल पुर्याइएको थियाे ।
उनकाे उपचारका क्रममा मृत्यु भएकाे प्रहरी निरीक्षक खड्काले बताए । बाेहराकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
उनका भाइ प्रकाशलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेकाे छ ।