
काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो।
बैठकमा समयसामयिक राजनीतिक विषय र सरकारमा रहँदाको भूमिकालगायतका विषयमा छलफल हुने बताइएको छ।
सरकारले केही विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ। यस विषयमा पनि बैठकमा छलफल हुनेछ। माघ १८ गतेदेखि संसद् बैठक सुरु हुने भएकाले त्यसअघि आफ्नो धारण बनाउन कांग्रेसले बैठक बोलाएको हो।