
काठमाडौँ – धन कमाउन रुस पुगेका कीर्तिपुर नगरपालिका– ४ का ३६ वर्षीय विनोद बहादुर सुनुवार हराएको ७५ दिनपछि नेपालमा दाहसंस्कार गरिएको छ।
सोमबार पशुपति आर्यघाटमा कुशको शव बनाएर विनोदका परिवारले दाहसंस्कार गरेका हुन्। विनोदका छोराले दागबत्ति दिएका थिए।
विनोद ओखलढुङ्गाका हुन्। उनको परिवार अहिले कीर्तिपुरमा बस्दै आएको छ। विनोद १७ असोज २०८० मा रुस हिँडेका थिए।
त्यहाँ उनी रुस–युक्रेन युद्धमा सहभागी भएपछि ७५ दिनदेखि परिवारको सम्पर्कमा थिएनन्।
हप्ता दिनअघि उनको मृत्यु भएको खबर आएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेको रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन्।
रुसमा मृत्यु भएकाहरूको नेपालमा शव ल्याउन व्यवस्था छैन। दलालले फन्दामा परेर नेपालीहरू रुस पुगिरहेका छन्। त्यहाँ रुस–युक्रेन युद्धामा तीन दर्जन बढी नेपालीले ज्यान गुमाइसकेका छन्।