
काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँको बुढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ।
नेकपाले बुढानीलकण्ठको पासीकोटमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको हो। सोमबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव विप्लवले केन्द्रको उद्घाटन गरे।
व्यापार केन्द्रमा अहिले चामल, तेल, सिमीलगायतका वस्तु उपलब्ध हुनेछन्। केन्द्रका माध्यमबाट देशभर उत्पादन भएका सामानलाई बजारीकरण गर्ने नेकपाको उद्देश्य छ।
नेकपाले देशका विभिन्न स्थानमा सामूहिक खेती गरिरहेको छ।