सङ्गठित संस्थाका परीक्षा प्रणाली एकीकृत र संयुक्त गर्नेबारे छलफल

सङ्गठित संस्थाका परीक्षा प्रणाली एकीकृत र संयुक्त गर्नेबारे छलफल
+
-

काठमाडौँ – लोकसेवा आयोगले सङ्गठित संस्थाका समान कामको प्रकृति, सेवा समूह, उपसमूह, शैक्षिक योग्यता मिल्ने पद एकीकृत गर्ने र संयुक्त परीक्षा प्रणाली अवलम्बन गर्नेबारे छलफल गरेको छ।

आज आयोगको कार्यालयमा सङ्गठित संस्थाको पदपूर्तिसम्बन्धी छलफलमा परीक्षा प्रणाली व्यवस्थित, ‘क्लष्टरिङ’ र सोहीअनुसार प्रभावकारी कार्यसम्पदान सम्बन्धमा छलफल भएको हो।

कार्यक्रममा नेपाल सरकारको ५१ प्रतिशतभन्दा बढी स्वामित्व भएका विभिन्न ७४ सङ्गठित संस्थाका प्रमुख तथा मानव संशाधन हेर्ने प्रमुखको सहभागिता थियो।

छलफलमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सेवाग्राहीको मागअनुसार पदपूर्ति गर्दै आएको बताउँदै आयोगले योग्यता, निष्पक्षता र स्वच्छताको जिम्मेवारी पूरा गरेको उल्लेख गरे।

उनले संस्थाको प्रकृतिअनुसार फरकफरक परीक्षा प्रणाली गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै कर्मचारी भर्ना गर्दा संस्था स्वयं पनि जवाफदेही हुनुपर्ने धारणा राखे।

कार्यक्रममा आयोगका सदस्य वीरबहादुर राईले पदपूर्ति प्रणालीमा प्राप्त सुझावका आधारमा खर्च घटाउने, दिगो बनाउने र समय तालिकाअनुसार नै काम हुने अवस्थाका लागि सहजीकरण गर्ने बताए। आयोगका सचिव डिल्लीराम शर्माले छलफलबाट विभिन्न कमजोरी र सुधारबारे सुझाव प्राप्त भएको बताए।

पूर्वसचिव विमलप्रसाद वाग्लेले कार्यपत्र प्रस्तुत गरेकाे उक्त कार्यक्रममा विभिन्न नौ कार्य समूह विभाजन गरी ११ प्रश्नमाथि छलफल गर्नुका साथै समूहगत प्रस्तुति गरिएको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’