नेपाली सेनाको ‘फोटो तथा बृहत् प्रदर्शनी’ सुरू (तस्बिरहरू)

नेपाली सेनाको ‘फोटो तथा बृहत् प्रदर्शनी’ सुरू (तस्बिरहरू)
+
-

काठमाडौँ – सेना दिवसको अवसरमा आजदेखि ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ सुरु भएको छ। प्रदर्शनी यही १८ गतेसम्म नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा हुनेछ।

प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिएको छ।

यसका साथै प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयहरूलगायतको विविध गतिविधिहरू राखिएको छ।

आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।

अवलोकनकर्ताहरूलाई १० बजेदेखि ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

प्रदर्शनीको प्रधानसेनापति अशोकराज सिन्देलले मंगलबार उद्घाटन गरे। कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?