
काठमाडौँ – समाजवादी मोर्चाको विचार सभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ।
समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) नेपाल कम्युनिष्ट पारंटी र नेपाल समाजवादी पार्टी सम्मिलित छन्।
सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपामा महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले सम्बोधन गर्ने कार्यक्रम छ।