
काठमाडौँ- वसन्त पञ्चमी अर्थात श्रीपञ्चमीको दिन आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ।
आजको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने जनविश्वास छ। विद्यालय जाने उमेर पुग्न थालेका बालबालिकालाई आजकै दिन अक्षर चिन्न र अक्षर लेख्न सिकाउने पनि गरिन्छ।
आज काठमाडौंको स्वयम्भूस्थित सरस्वती मन्दिरमा पूजा आराधना गर्नेहरूको भिड छ।
मन्दिरको भित्ता, पर्खाल लगायतका स्थानमा बालबालिकाहरूले चकले अक्षर कोरेका छन्।
तस्बिरहरूः