छिट्टै अर्को पार्टी घोषणा गर्छौँ: भीम रावल

छिट्टै अर्को पार्टी घोषणा गर्छौँ: भीम रावल
+
-

धनगढी– मातृभूमि जागरण अभियान लिएर देश दौडाहमा रहेका एमालेबाट निष्कासित नेता भीम रावलले अब छिट्टै अर्को पार्टी घोषणा गर्ने बताएका छन्।

बिहीबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले मातृभूमि जागरण अभियान कुनै अभियान मात्र नभएर अब निर्माण हुने एक सशक्त पार्टीकाे जग भएको बताए।

उक्त अभियानलाई नै सबैको सल्लाहमा अर्को सशक्त पार्टी घोषणा गर्न रावलको भनाइ छ।

उनले कमिटी निर्माणको कामसमेत भइरहेको जानकारी गराए। ‘तल्लाे स्तरमा कमिटी निर्माण समेत भइरहेका छन्, अब अन्य जिल्लाहरूमा घुमेर चाँडै केन्द्रीय समिति निर्माण हुन्छ’, उनले भने ‘केन्द्रमा पनि धेरै तह र तप्काका मान्छेसँग छलफल भइरहेकाे छ र  प्रवासमा समेत छलफल चलिरहेकाे छ। अब हामीलाई चाँडै सशक्त पार्टीकाे रुपमा देख्नुहुनेछ।’

अभियानकै क्रममा यही आउने २६ गते शनिबार कैलाली र कञ्चनपुर केन्द्रित बृहत् जागरण भेला धनगढीमा आयोजना गरिन लागेकाे रावलले बताए।

उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ समिकरण बनाउँदा राती १२ बजे गरेकाे हस्ताक्षरको प्रतिलिपि जनता माझ ल्याउनु पर्ने माग गरे।

उनले अहिलेको सरकार संविधान संशोधानका लागि भनिए पनि सत्ताका लागि मात्र देखिएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?