थारु समुदायको हकहित संरक्षण गर्न कांग्रेस प्रतिबद्धः परराष्ट्रमन्त्री

थारु समुदायको हकहित संरक्षण गर्न कांग्रेस प्रतिबद्धः परराष्ट्रमन्त्री
+
-

धनगढी – कांग्रेस केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले थारु समुदायको हकहित संरक्षण गर्न नेपाली कांग्रेस सदैव प्रतिबद्ध रहेको बताइन्।

उनले २०५८ सालमा कांग्रेसले थारु कमलरीमुक्त घोषणा गरेको समेत स्मरण गराइन्। नेपाली काँग्रेसको थारु विभाग तथा नेपाल थारु संघले कैलालीको हसुलियामा आयोजना गरेको प्रथम कैलाली जिल्ला भेलामा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले थारु समुदायको हकहितमा लड्ने पार्टि नेपाली कांग्रेस रहेको बताइन्।

उनले भनिन्‚ ‘नेपाली काँग्रेस सधै थारु समुदायको अधिकार स्थापित गर्न लागिरहेको छ, यो तपाईहरु नेपाली काँग्रेसले थारु समुदायका लागि गरिरहेको कामबाट पनि थाह पाउनुहुन्छ।

नेत्री देउवाले सामाजिक सञ्जालमा देशको नकारात्मक चित्रण गर्ने कुरा चुनौतिको रुपमा रहेको बताइन्। पछिल्लो समय सामाजिक सञ्जालमा देशमा केही भएको छैन् भनेर नकारात्मक प्रचार मात्रै भइरहेको भन्दै देउवाले भनिन्, ‘देशमा केही नभएको होइन् धेरै काम भएको छ, बाहिरी देशले हेर्ने दृष्टिकोण पनि राम्रो हुँदै गएको छ।’

कांग्रेसको नीति मार्गदर्शन देश बनाउने भएको बताउँदै सबै नेता कार्यकर्तालाई सकारात्मक सोचका साथ अगाढी बढ्न उनले आग्रह गरिन्।

कार्यक्रममा विभिन्न तहका पार्टी नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। थारु समुदायको राजनीतिक सशक्तीकरण, अधिकार सुनिश्चितता, र समृद्धिको विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

थारु विभागका नेताहरूले समावेशिता, शिक्षा, रोजगारी, र राजनीतिक सहभागिताका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आगामी दिनमा थप सक्रिय भूमिकाका लागि माग गरे। भेलामा थारु समुदायको आर्थिक तथा सामाजिक विकासका लागि योजनाबद्ध रणनीति निर्माण गर्ने विषयमा छलफल गरिएको थियो।

नेपाल थारु संघ कैलालीका अध्यक्ष लक्ष्मीनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल थारु संघका केन्द्रीय तथा जिल्ला तहका पदाधिकारी, स्थानीय नेताहरू, बुद्धिजीवी, तथा थारु समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

भेलाले विभिन्न प्रस्ताव पारित गर्दै आगामी दिनमा थारु समुदायको शसक्तिकरणका लागि प्रभावकारी नीति तथा कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?