
काठमाडौं- स्वर्गद्वारी गुठी पीडितहरूले आइतबार राजधानी काठमाडौंको माइतीघरमा अनिश्चितकालीन रिलेअनसन सुरु गरेका छन्।
लामो समयदेखि आवाज उठाएपनि आफ्ना मागहरू सम्बोधन नभएको भन्दै उनीहरूले आजदेखि अनिश्चितकालीन रिलेअनसनका सुरु गरेका हुन्।
दाङबाट आएका ३९ जना गुठीपीडित किसानहरूले माघ २० गतेदेखि विभिन्न तरिकाले आफ्नो मागतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।
संसदमासमेत उनीहरूको मागको विषयले चर्चा पाइरहेको छ। दाङबाट निर्वाचित रेखा शर्मा, मेटमणि चौधरीलगायत अन्य सांसदले पीडितहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
सरकारले त्यसतर्फ ध्यान नदिँदा १६ हजार किसानहरू मारमा परेको प्रदर्शनमा सहभागीहरूको भनाई रहेको छ।
थप तस्बिरहरू: