
बर्षा शाह
माघ २७, २०८१

अ
+
अ
अ
-
काठमाडौँ – सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै प्रदर्शन भएको छ।
आइतबार काठमाडौँको माइतीघर मण्डलामा अनलाइन टिभी पत्रकार संघ नेपालको अग्रसरतामा प्रदर्शन गरिएको हो।
प्रदर्शनका क्रममा प्रदर्शनकारीरुले ‘जनताको मुख नथुन, सरकारबाट झरेपछि तिमी आफै बोल्नुपर्छ, सरकारले मुख थुन्दै छ, लोकतन्त्र ह्याक हुँदै छ’ लगायतका प्लेकार्ड बोकेका थिए।

