सिमकाेट बजार अनुगमनः पेय पदार्थ र जंक फुड बरामद

सिमकाेट बजार अनुगमनः पेय पदार्थ र जंक फुड बरामद
+
-

सिमकोट – सिमकोट बजारका ब्यापारीको पसलबाट उपभोगका लागि समय सीमा समाप्त भएका सामान बरामद गरेर नष्ट गरिएको छ। जल्ला अनुगमन समितिले अनुगमन गरेका पसलमा भेटिएका उक्त सामान बरामद गर्दै नष्ट गरिएको हो।

समितिले अनुगमनका क्रममा १५ हजार ९ सय २० रुपैयाँ मूल्य बराबरको सडेको बंगुरको मासु, उपभोग समय सीमा नाघेको पेय पदार्थ र जंकफुड बरामद गरी नष्ट गरेको उद्योग उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर बिष्टले जानकारी दिए।

सदरमुकाम सिमकोटका एघार वटा पसलहरुमा अनुगमन गर्दा कुनै पनि पसलबाट उपभोक्तालाई सामान बिक्रीको बिल नै दिने गरिएको पाइएन।

जिल्लाभरका स्थानीय ब्यापारीहरुले पसलबाट सामाग्री बिक्री गरिसकेपछि उपभोक्तालाई अनिवार्य बिल दिने ब्यवस्था गर्नुपर्ने भएको छ। ब्यापारीले सामान बिक्री गरिसकेपछि बिल नै नदिने भएको कारण् सोमबार बजार अनुगमनका क्रममा सो निर्देशन दिइएको हो।

जिल्ला अनुगमन समितिको अनुगमन गरेका पसल सबैमा ब्यापारीले सामान बिक्री गरि सकेपछि बिल नै नदिएको पाइएपछि अब ब्यापारीले उपभोक्तालाई सामान बिक्रीको अनिवार्य बिल दिने व्यवस्था गर्नका लागि निर्देशन दिने कार्य गरिएको थियो।

अबको बजार अनुगमनमा हालको जस्तै अवस्था देखिए नियमानुसार कानुनी कारवाही गरिनेछ। यसमा उपभोक्ताको पनि लापरवाही देखिएका थियो। अनुगमनमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, सिमकोट गाउँपालिका, पत्रकार महासंघलगायतको उपस्थिति थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?