रैथानेबाली खरिद केन्द्र स्थापना गरिने

रैथानेबाली खरिद केन्द्र स्थापना गरिने
+
-

सिमकोट – खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले रैथाने बाली खरिद केन्द्र स्थापना गर्ने भएको छ। गाउँपालिकासंगको समन्वय र सहकार्यमा खरिद केन्द्र यस आर्थिक वर्षका स्थापना गर्न लागिएको हो।

लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण थापा मगरका अनुसार जिल्लामा उत्पादन हुने रैथान बालीको प्रर्बद्धन गर्नका लागि सात वटै गाउँपालिकामा रैथाने बाली खरिद केन्द्र स्थापना गर्न लागिएको छ।

स्थानीय स्तरमा रैथाने बाली खरिदमा किसानको पहुँच पुर्याउन यो प्रयास लिमिटेडले गर्न लागेको हो। हाल लिमिटेडले शाखा, डिपो र बिक्री केन्द्रबाट सात वटै गाउँपालिकाका सर्वसाधारणलाई ढुवानी अनुदानको खाद्यान्न बिक्री गर्दै आएको छ।

खाद्यान्न बिक्रीका लागि सात वटै गाउँपालिकामा नौ वटा संरचना लिमिटेडले स्थापना गरेको छ। अब प्रत्येक गाउँपालिकामा एक एक वटा बिक्री केन्द्र स्थापना गर्ने गरि सिमकोट, सर्केगार्डर ताँजाकोट गाउँपालिकासंग सहमति भई सकेको र बाँकी चार वटा गाउँपालिकासंग पनि चाँडै सम्झौता गर्ने तयारीमा लिमिटेड रहेको छ।

खरिद केन्द्र स्थापनाका लागि गाउँपालिकाले भवनको ब्यवस्था र तीन महिनाका लागि ढुवानी अनुदानको खाद्यान्न बिक्री हुने सुनिश्चितता गर्नुपर्ने हुन्छ। जनशक्ति र आवश्यक अन्य श्रोत भने लिमिटेडले गर्ने छ।

खरिद केन्द्र स्थापना भएपछि लिमिटेडले किसानबाट खरिद गरेको रैथाने बाली सिधै ढुवानी गरेर सुर्खेत हुँदै काठमाडौंसम्म पुर् याउनेछ।

हुम्लाका रैथान बाली चिनो, कागुनो, सिमी, कोदो, उवा, उवा लगाएत दुई वर्ष अगाडीबाट शाखाबाट खरिद गरेर लिने गर्दै आएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?