
सिमकोट- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पार्टीको आन्तरिक कार्यक्रमका लागि सुर्खेत आउने भएका छन् ।
माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको बैठकमा प्रशिक्षण दिन प्रचण्ड सुर्खेत आउन लागेका हुन् ।
सोमबारबाट माओवादी केन्द्रको कर्णाली प्रदेशको सातौं पूर्ण बैठक चलिरहेको छ । सो वैठकका सहभागीहरूलाई प्रशिक्षण दिन उनी सुर्खेत आउने कार्यक्रम रहेको प्रेस सेन्टर कर्णाली प्रदेशका महासचिव धर्मराज जिसीले जानकारी दिए ।
सुर्खेत आइपुगेलगत्तै शुभ होटेलमा प्रचण्डको पत्रकार भेटघाट कार्यक्रम रहेको छ ।