
सिमकोट– हिमाली जिल्ला हुम्लामा परम्परागत रुपको लिउ र फेरुवा बुन्ने सीप लोप हुने अवस्थामा पुगेको छ जिल्लाभरका गाउँ वस्तीमा यस्ता लिउ र फेरुवा बुन्ने छोडेपछि उक्त सीप हाल लोप हुने अवस्थामा पुगेको हो।
नाम्खा गाउँपालिका– १ की लामु लामाले हिउँदभरि घरघरका आगनमा महिला लस्करै लिउ फेरुवा बुन्नु पर्नेमा हाल आएर लिउ फेरुवा बुन्ने कार्य बन्द भएको बताइन्।
यो काम बन्द भएपछि परम्परागत लिउ र फेरुवा बुन्ने सीप पनि लोप हुने अबस्थामा रहेको छ। हुम्लाको लिमीमा च्याङ्ग्रा पालन छोडिनु र चीनबाट च्याङ्ग्रा आयात हुन छोडेपछि हुम्लामा ऊनकै अभावमा पनि लिउ फेरुवा का लागि तान ( स्थानीय भाषामा चान ) बुन्ने कार्य बन्द भएको हो। यसले गर्दा प्रत्येक घरका महिलाहरु बेरोजगार समेत भएको उनले भनाइ छ। हिउदभरि पुरुषको काम ऊन कात्ने र महिलाको का चान बुन्ने हुने गरे पनि अहिले त्यो काम कुनै पनि हुने गरेको छैन।
यता सिमकोट गाउँपालिका– ४ की छिरिङ लामाले सबै आधुनिक कपडा प्रयोगमा लागेपछि लिउ फेरुवाको प्रयोग हुन छोडेपछि को काम रोकिएको बताइन्।
स्थानीयले लिउ र फेरुवा बिक्री गरेर पनि आम्दानी गर्ने गरेको बताउदै लामाले अव सबै सिरक, कम्वल, डस्ना, गलैचा, कार्पेटको प्रयोग गर्न थालेपछि लिउ फेरुवा बुन्न छोडिएको उनले बताए। आधुनिकताले गर्दा पुरानो आम्दानी प्राप्त गर्ने सीप समेत हराएर जाने अवस्था रहेको उनको भनाइ छ।
उद्योग बाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले लिउ फेरुवा बुन्ने काम ठप्प भएको बताउँदै यसले सीप मात्र नहराएर आम्दानी पनि गुमेको बताए। मानिसहरुले लिउ फेरुवा बुन्न छोडेपछि स्थानीय खसीको ऊन पनि त्यति कै खेर जाने गर्छ।
स्थानीयले लिउ फेरुवा ओढ्ने ओछ्याउने, अन्नपात सुकाउने र खर्कमा पाल हाल्ने कामका लागि प्रयोग गर्ने गथ्र्ये। एउटा लिउ फेरुवाको पच्चीसदेखि तीस हजार मूल्य पर्ने गर्छ। केही वर्ष अगाडीसम्म स्थानीय लिउ फेरुवा बिक्री गरेर पनि आम्दानी गर्दै आएका थिए।