
काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती ‘मकुना’को हत्या भएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ।
बिहीबार पशु कल्याण संघ नेपालले वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग परिसरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उनीहरूले मकुनालाई न्याय दे, राष्ट्रिय निकुञ्ज मकुना-रोनाल्डोहरुको हो, आत्मरक्षाका नाममा निर्दोष जनावरको हत्या बन्द गर, मकुना जस्ता निर्दोष जनावरहरूको हत्या कहिलेसम्म भन्दै नारा लगाएका थिए।
प्रदर्शनमा उत्रिएकाहरूले ‘मकुना’ हात्तीको हत्यारालाई कारबाही गर्न माग गरेका छन्।
माघ २३ गते सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर जङ्गली हात्ती मकुनाको मृत्यु भएको थियो। सुरक्षाकर्मीहरूले हात्तीले आक्रमण गर्न आएपछि गोली चलाउनु परेको बताएका छन्।
हात्तीको मृत्युको विषयमा सरकारले छानबिन समिति पनि बनाएको छ।
तस्बिरहरू: