व्यवसायीबीच दौरा–सुरुवाल सिलाइ प्रतियोगिता गरिने

व्यवसायीबीच दौरा–सुरुवाल सिलाइ प्रतियोगिता गरिने
+
-

सिमकोट – हुम्ला जिल्लामा सिलाइ कटाइ व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीबीच दौरा–सुरुवाल सिलाइ सीप प्रतियोगिता गरिने भएको छ। जिल्लाभर सिलाइ कटाइ व्यवसाय गर्दै आएका व्यवसायीको सीपलाई प्रोत्साहन गर्नका लागि यो प्रतियोगिता हुन लागेको हो।

हुम्ला जिल्लामा सिलाइ कटाइ व्यवसाय गर्दै आएका व्यवसायीबीच दौरा–सुरुवाल सिलाइ प्रतियोगिता आयोजना गर्न लागिएको घरेलु तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर बिष्टले जानकारी दिए।

जिल्लामा सिलाइ कटाइ व्यवसाय गर्दै आएका व्यवसायीलाई दौरा–सुरुवाल सिलाउन प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गर्न लागिएको होे।

कार्यालयले दिएको तालिमबाट दर्ता गरेरै हाल व्यवसाय गरिरहेका जिल्लाभरका महिला तथा पुरुष व्यवसायीबीच यो प्रतियोगिता आयोजना हुने भएको हो।

यसका लागि कार्यालयले १५ दिने सूचना प्रकाशन गरेर प्रतियोगिता आयोजना गर्न लागेको र यसका लागि व्यवसायीले आफ्ना व्यवसाय दर्ता गरेको, नवीकरण गरेको, व्यवसाय सञ्चालनका लागि करचुक्तालगायत आवश्यक कागजात पेस गर्नु पर्नेछ।

प्रतियोगिता सर्केगार्ड गाउँपालिका–४ को सर्केगार्ड बजारमा आयोजना गरिनेछ। प्रतियोगिता सञ्चालन मिति १५ दिने सूचनाको अन्तिम दिन निर्धारण गरिनेछ। सो प्रतियोगितामा प्रथम हुने व्यवसायीले बीस हजार, द्वितीय हुनेलाई दश हजार र तृतीय हुनेलाई सात हजार पुरस्कारको व्यवस्था गरिएको छ। जिल्लामा पहिलो पटक उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?