
काठमाडौं- सामाजिक सञ्जाल विधेयकको विरोधमा राजधानी काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
मानव अधिकार तथा शान्ति समाजले शुक्रबार उक्त विधेयककोविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेको हो।
प्रदर्शनकारीले सामाजिक सञ्जालको प्रयोग मर्यादित हुनुपर्ने बताउँदै कानुन पनि मानव अधिकारमैत्री हुनुपर्नेमा जोड दिएका थिए।
‘सामाजिक सञ्जालमाथि कानुनी जन्जाल बन्द गर’, ‘मौलिक हकमाथि घात गर्ने विधेयक फिर्ता गर’,’प्रेस:स्वतन्त्रता आधारभूत मानव अधिकार’, ‘संविधा प्रदत्त मौलिक अधिकारको रक्षा गर’लगायतका पम्प्लेट बोकेर प्रदर्शनकारीहरूले विधेयकको विरोध जनाएका थिए।
तस्बिरहरू: