
सिमकोट – सदरमुकाम सिमकोटस्थित सिम क्षेत्रमा निर्माणधिन अवस्थामा गरेको खेल मैदानको संरचना भत्किन सुरु भएको छ। खेल मैदानको उत्तर पट्टीको ग्याविन वालमा माटो खस्न थालेपछि संरचना भत्किन थालेकाे हो।
गतवर्ष मात्र कर्णाली प्रदेश खेलकुद परिषदको आर्थिक सहयोगमा निर्माण कार्य भएको खेल मैदानको उत्तरतर्फको ग्याविन वालमा माटो पुर्ने कार्य नभएको कारण उक्त क्षेत्रको माटो भाँसिन सुरु भएको हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतले बताए।
दुई वर्षअगाडि लगाएको ग्याविन वाल पनि भत्किन सुरु भएको छ। उक्त संरचनामा एकातिर माटो राम्रोसँग भरिएको छैन भने अर्कोतर्फ जथाभावी लिएका खानेपानीको पाईप फुटेर माटो बगाएपछि यस्तो अवस्था देखिएको हो।
गत वर्ष ग्याविन लगाएको सम्पूर्ण भागमा माटो भाँसिएको छ। खानेपानीको पाईपबाट निस्केको पानी मैदानमा वग्न थालेपछि मैदान समेत हिलम्मे देखिँदै आएको छ।
यसरी यो संरचना भत्कदै जँदा यसले सिमकोट बिमानस्थललाई समेत असर पुर्याउने देखिएको छ। खेल मैदानको अवस्था यस्तो देखिएको भएपनि सरोकारवाला पक्षको ध्यान जान भने सकेको छैन।