सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढाउन संखुवासभाको सर्वदलीय टोलीकाे माग

सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढाउन संखुवासभाको सर्वदलीय टोलीकाे माग
+
-

माेरङ – जिल्ला अस्पताल खाँदबारीका लागि सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढाइदिनुपर्ने संखुवासभाको सर्वदलीय टोलीले कोशी प्रदेश सरकारसँग माग गरेको छ।

शुक्रबार विराटनगरस्थित प्रदेश स्वास्थ्य मन्त्री भुपेन्द्र राईलाई भेट्दै सर्वदलीय टोलीले अस्पतालमा सीटी स्क्यान मेसिन खरिदका लागि प्रक्रिया अघि बढाउन माग गरेका हुन्। भेटका क्रममा मन्त्री राईले ‘मेसिन’ खरिदका लागि प्रक्रिया अघि बढाउन सरकार तयार रहेको बताए। मन्त्रालयमा भएको समस्यालाई ब्यवस्थित बनाउन लागि परेको बताउँदै मन्त्री राईले मन्त्रालयको समेत खरिद प्रक्रियाको काम हुन नसकेको बताए।

मेसिन खरिद गरिएपनि पछिल्लोसमय दक्षि जनशक्तिको भने अभाव रहेको मन्त्री राईले बताए। उनले भने, ‘हामी दक्ष जनशक्तिको ब्यवस्थापनसहित मेसिन खरिद प्रक्रिया अघि बढाउन चाहान्छौ। मेसिन मात्र भएर जनशक्ति नहुँदा अर्को समस्या हुन्छ। तरपनि, स्रोत सुनिश्चित भएर टेण्डर प्रक्रियामा गइसकेपछि काम अघि बढ्ने र त्यसको जिम्मा प्रदेश सरकारले लिनेछ।’
मन्त्रीसंगको भेटमा सर्वदलीय टोलीका तर्फबाट जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले चालु आर्थिक वर्ष २०८१/०८२ मा ७ करोड रूपैयाँ विनियोजन गरेको जानकारी गराएका थिए।

तत्कालिन स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीकै समयमा ‘मेसिन’ खरिदका लागि बजेट विनियोजन भएको थियो। जिसस प्रमुख शाक्यले प्रदेश सरकारले बजेट छुट्याएको भए पनि कार्यान्वयन गर्न ढिलाइ गरेका कारण दबाब बनाउन एकदिन लगाएर विराटनगर आएको बताए।

उनका अनुसार खाँदबारी अस्पतालमा ११ औं तहका मेडिकल सुपरिटेन्डेन्टको अभाव छ। खाँदबारी अस्पतालले संखुवासभासहित भोजपुर, धनकुटा र तेह्रथुमसम्मका बासिन्दालाई समेत सेवा दिइरहेको उनको भनाइ छ। उनका अनुसार ‘सीटी स्क्यान’कै लागि दैनिक १० जनासम्म बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा ‘रेफर’ गर्नुपर्ने अवस्था रहेको छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’