प्रकृति लम्सालको न्यायका लागि भारतीय दूतावासअगाडि प्रदर्शन (तस्बिरहरू)

प्रकृति लम्सालको न्यायका लागि भारतीय दूतावासअगाडि प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ – भारतको उडिसामा विश्वविद्यालयको होस्टेलमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको माग गर्दै काठमाडौँस्थित भारतीय राजदूतावासअगाडि प्रदर्शन गरिएको छ।

नेकपा एमालेको विद्यार्थी संगठन (अनेरास्ववियु)ले सोमबार साँझ भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो।

प्रदर्शनमा सहभागीहरूले ‘प्रकृति लम्सालको मृत्युको छानबिन गर, मानवता विरोधी गतिविधि बन्द गर, गोर्खेले अन्याय सहन जान्दैन, नो मोर साइलेन्स, अविलम्ब कूटनीतिक संवाद सुरु गर’लगायतका नारा लगाएका थिए।

उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल विश्वविद्यालयकै होस्टेलमा मृत भेटिएकी थिइन्।

उनको मृत्यु शंकास्पद रहेको भन्दै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले आवाज उठाएपछि उनीहरूलाई विश्वविद्यालयबाट निस्कासन गरिएको छ।

यता नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले उक्त विषयमा संसद्‌मा बोल्न खोज्दा सभामुख देवराज घिमिरेले समय दिएका थिएनन्। पटक–पटक बोल्न खोज्दा पनि समय नपाएपछि उनी संसद् बैठक बहिष्कार गरेर बाहिरिएकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त घटनाबारे बुझ्न कूटनीतिक पहल भइरहेको बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?