
अ
+
अ
अ
-
काठमाडौँ – अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ।
सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले किर्गिस्तानलाई १–० ले पराजित गरेको हो।
खेलको ११ औँ मिनेटमा विमला चौधरीले हेडमार्फत गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। उक्त गोल नै जितका लागि निर्णायक बन्यो।