कोशी अस्पतालमा पोष्ट ओपरेटिभ वार्ड सञ्चालन

कोशी अस्पतालमा पोष्ट ओपरेटिभ वार्ड सञ्चालन
+
-

मोरङ- विराटनगरस्थित कोशी अस्पतालले पोष्ट ओपरेटिभ वार्ड सञ्चालनमा ल्याएको छ । मंगलबारबाट वार्डमा विरामी उपचारको सेवा सुरु गरिएको बताउँदै अस्पतालकी मेट्रोन मञ्जु यादवले वार्ड सञ्चालनमा आएपछि शल्यक्रिया गरेका विरामीको हेरचाहमा सहजता हुने जानकारी दिइन् ।

अस्पतालमा यसअघि शल्यक्रिया गरिएका विरामीलाई समेत वार्डमा राखिँदै आएको बताउँदै मेट्रोन यादवले भनिन्, ‘हिजोको दिनमा विरामीको शल्यक्रियापछि अवस्था हेरिकन सघन उपचार कक्ष तथा वार्डमै राखिने गरिएको थियो । जसका कारण विरामी र उनका आफन्तलाई समेत समस्या भएको महसुस गर्दै आएका थियौं । तर पनि सीमित स्रोत र साधनका कारण अस्पताल बाध्य रहेको थियो । अहिले केहीहदसम्म एचओडी, नर्सिंग इन्चार्ज र स्टाफ नर्सले साथ दिएपछि वार्डलाई सञ्चालनमा ल्याएका हौं । यस विरामीको उपचारमा थप सहता हुनेछ।’

वार्डका लागि २० जना स्टाफ नर्सिंग जनशक्ति पर्याप्त रहेको बताउँदै मेट्रोन यादवले जनशक्तिकै आधारमा वार्ड सञ्चालनमा सहजता भएको बताइन् ।

सुरुवातमा अस्पतालले पाँच वटा शैयाबाट वार्डको सुरुवात गरेको अस्पताल विकास समितिका सदस्य हरि भट्टराईले जानकारी दिए । अस्पतालको विकासमा र विरामीको उपचारमा यसले महत्त्व राख्ने बताएका सदस्य भट्टराईले सञ्चालनमा आएको वार्डमा भेन्टिलेटरदेखि सबै उपचार उपकरण राखिएको बताए ।

हाल सञ्चालनमा आएको वार्डका सबै शैया विरामीले भएका उनले बताए। सदस्य भट्टराईले कोशी अस्पतालमा देखिएका बेथिती र समस्याको हलका लागि विकास समिति, मेडिकल सुप्रिटेन्डेन्टसहित अस्पताल प्रशासन काम गर्दै आएको बताए ।

अस्पतालमा विराटनगर आसपाससँगै सीमापारी भारतबाट समेत उपचारका लागि विरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?