
काठमाडाैँ – अहिले भारतको प्रयागराजमा महाकुम्भ मेला जारी छ। १ सय ४४ वर्षपछि लागेको यो भव्य मेलामा स्नान गर्न जानेको भीडभाड कम भएको छैन। पुस २९ देखि सुरु भई ४५ दिन लाग्ने यो मेलामा अनेकन घटनाले पनि चर्चा बटुलिरहेको छ।
यस्तोमा भारतको उत्तर प्रदेशका एक व्यक्ति, जो महाकुम्भ मेलामा भागदौडको क्रममा ‘मृत्यु’ घोषित भएका थिए, उनी आफ्नै तेह्रौँ दिनको कार्यक्रममा उपस्थित हुँदा काजकिरिया गरिरहेका मात्र होइन सिंगो गाउँ नै आश्चर्यमा पर्याे।
प्रयागराजको जीरो रोडस्थित चहचन्द गलीका बासिन्दा खुँटी गुरु जनवरी २९ मा कुम्भ मेलाको भागदौडपछि मृत घोषित भए। तर, उनी आफ्नै तेह्रौँ दिनको पुण्ड्यतिथिमा टुप्लुक्क आइपुगेर भने, ‘तिमिहरु यो के गर्दै छौ, म त साधुसन्तहरूसँग चिलिम तान्दै थिएँ’
खुँटी गुरु, २९ जनवरीमा कुम्भ मेलाको भागदौडमा मृत भएको मानिएका थियो। तर उनी भने परिवारजनलाई थाहापत्ताे नदिइकन साधुसँग गाँजाका तालमा लठ्ठिए ‘चिलिम’ मा मस्त भए उनी करिब दुई हप्ता हराएपछि घर फर्किए गुरुलाई थाहै थिएन कि उनका परिवार र छिमेकीले उनको आत्माको शान्तिका लागि विधि गरिसक्न लागेका छन् भनेर।
जब उनी इ–रिक्सामा ओर्लिए, छिमेकीहरू अवाक् बने। हाँस्दै उनले सोधे,’तिमीहरू के गर्दैछौ?’ सबै जना स्तब्ध र आश्चर्यमा परे। सामाजिक कार्यकर्ता अभय अवस्थीका अनुसार, गुरुले जनवरी २८ को साँझ माघी अमावस्याका दिन संगम स्नान गर्न जान लागेको बताएका थिए। त्यसपछि उनी हराए तर उनी वास्तवमा साधुसँगको चिलिममा यति मस्त भए कि उनले कति दिन बित्यो पत्तै पाएनन्।
भागदौड भोलिपल्ट बिहान भयो र जब खुँटी गुरु कतै भेटिएनन्, छिमेकीले उनलाई मृत मानिहाले। केही दिनसम्म खोजी गरे पनि अत्तोपत्तो नलागेपछि, परम्पराअनुसार अन्त्येष्टि विधि पूरा गरे र तेह्रौँ दिनको काजकिरिया आयोजना गरे। तर, उनी त्यही दिन नै टुप्लुक घरमा झुल्किन पुगेका थिए।
जनवरी २९ मा उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ मेलामा भएको भागदौडमा ३० जनाले ज्यान गुमाए भने ६० जना घाइते भए। केही बेपत्ता भए। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिएको जानकारीअनुसार माघी अमावस्याका लागि अत्यधिक भीड एकैपटक संगम नोजतर्फ अघि बढ्दा प्रशासनलाई नियन्त्रण गर्न कठिन भयो, जसले भागदौडको स्थिति सिर्जना हुँदा मानिसको हताहत हुन पुग्यो।