
सिमकोट – सिमकोट गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरुको ०८१/०८२ को स्वास्थ्य कार्यक्रमको अर्ध बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य संस्थाका प्रमुखहरुको उपस्थितिमा हालसम्म गरिएको कामको समीक्षा गरिएको हो।
गाउँपालिका अन्र्तगतका १२ वटा सस्थाहरुको पहिलो छ महिनाको समीक्षा गर्ने कार्य भएको स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीले बताए। विशेष गरी स्वास्थ्यका सबै पक्षहरुको बिगत तीन बर्षको अर्धबार्षिक तथ्यांक र चालू आ.ब को पुस मसान्तसम्मको तथ्यांक प्रगतिको अबस्थाबारे लेखाजोखा गर्ने कार्य भएको हो।
सबै स्वास्थ्य संस्थाहरुको प्रगति खासै देखिने गरी परिवर्तन नभएको उनले बताए। स्वास्थ्य संस्था प्रमुखहरुले आआफ्नो प्रगति बिबरण प्रस्तुती गरेका थिए। प्रगति समीक्षाका सुचकहरुमा केहीमा बढेको, केही गतवर्ष जस्तै रहेको त केहीमा घटेका छन्। स्वास्थ्य सेवालाइ थप गुणस्तरीय र जनताको सहज पहुँच ल्याउने उपाय, आगामी दिनमा लक्षित प्रगति हासिल गर्नका लागि कमजोर तथ्यांकलाई सुधार गर्न कार्ययोजना तयार पार्ने कार्य भएको उनले बताए।
सिमकोट गाउँपालिकामा स्वास्थ्य चौकी चार वटा, आधारभूत स्वास्थ्य सेवा केन्द्र तीन वटा र सामुदायिक स्वास्थ्य एकाइ पाँच वटा छन्। कार्यक्रममा सहयोगी सस्था हरु सप्रोस नेपाल, वन हर्ट वल्र्डवाईड, स्वास्थ्य सेवा कार्यालय पनि सहभागी थियो।