तातोपानीको मुहानमा नुहाउने बढे

तातोपानीको मुहानमा नुहाउने बढे
+
-

सिमकोट – हिउँद लागेसँगै जिल्लाका विभिन्न स्थानमा रहेका तातोपानीका मुहानमा नुहाउने स्थानीयको संख्या बढेको छ। प्राकृतिक रुपमा प्राप्त तातोपानीमा नुहाउँदा बाथ, लुतोलगायत शरीरमा हुने छालासम्बन्धी रोग सन्चो हुने र सरसफाइ गर्न पनि सहज हुने भएका कारण जाडो महिनामा तातोपानीमा नुहाउनेको सङ्ख्या बढ्दै गएको हो।

सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँका तातोपानी कुण्डमा नुहाउने सङ्ख्या हालसम्मकै बढी भएको स्थानीय दाने फडेराले जानकारी दिए।

मानिसहरू रातभर तातोपानीको कुण्डमा डुब्ने पनि गर्छन्। उनापानी गाउँका स्थानीयका साथै बाहिरका पैदल यात्रु पनि तातोपानी नुहाउन आउने गर्छन्। मंसिरयता दश हजारभन्दा बढी उक्त कुण्डमा नुहाएको उनले बताए।

यता, चंखेली गाउँपालिका– ४ को दर्वीको तातोपानीको मुहानमा पनि नुहाउने र सरसफाइ गर्ने मानिसको भीड लाग्ने गरेको पिप्लाङ गाउँकी बासना शाहीले जानकारी दिइन्। एक दिन हिँडेर टाढाका गाउँबाट मानिस एक हप्तासम्म वास बस्ने गरी तातोपानीमा नुहाउन आउने गरेको जानकारी दिँदै उनले यसमा बिशेष गरी ज्येष्ठ नागरिक त्यसमा पनि बाथ, दाग र छालासम्बन्धी रोगका बिरामी आएर नुहाउने गरेको बताइन्।

तातोपानीमा डुब्ने र नुहाइसकेपछि फुर्तिलो भएर जाने गर्छन्। हुम्ला जिल्लाकै सबैभन्दा बढी तातोपानीको मुहान निस्कनेमा दर्वी पर्छ। खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा पनि यतिबेला तातोपानीमा नहाउनेको भीड लाग्ने गरेको नल्नमा स्थानीय चन्द्रबहादुर शाहीले बताए।

प्रहरी चौकी नजिकै भएका कारण जाडोमा प्रहरीलाई सरसफाइ गर्न पनि सहज भएको छ। बिरामी उपचारका लागि र अन्य मानिस ब्यक्तिगत सरसफाइ र ऊनका कपडा धुन बास बस्ने गरी आउने गर्छन्। वडा तथा गाउँपालिकाले व्यवस्थित नगरेका कारण ती तातोपानी कुण्डमा नुहाएबापत शुल्क भने तिर्नु पर्दैन। यी तातोपानीका मुहानको संरक्षण गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?