कर्णाली करिडोरको पिलीदेखि सलीसल्ला कालोपत्रे हुने

कर्णाली करिडोरको पिलीदेखि सलीसल्ला कालोपत्रे हुने
+
-

सिमकोट– कर्णाली करिडोरको बाजुराको पिलीदेखि हुम्ला जिल्लाको सलीसल्लासम्मको सडक पहिलो पटक कालोपत्रे हुने भएको छ। करिडोरको उत्तर दक्षिण सडक खण्डको खुलालु सलीसल्ला सडक आयोजनाले उक्त खण्डको सडक सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान गरेपछि कालो पत्रे हुने भएको हो।

आयोजनाका योजना प्रमुख तुलाराम शर्माले अव पिलीदेखि सलीसल्लासम्मको पचास किलो मिटर सडकको स्तरोन्नतिसहितको कालोपत्रे हुने बताए।

यो सडक पहिलो पटक कालोपत्रे हुन लागेको हो। गत वर्ष बाजुराको कोल्टीमा खुलालु सलीसल्ला सडक खण्ड हेर्ने गरि आयोजनाको कार्यले स्थापना भएको थियो।

यसका लागि आयोजनाले शुक्रबार मात्र चार अर्व लागत लाग्ने गरि टेण्डर आह्वान गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेटको सुनिश्चितता केही दिन अगाडि मात्र गरेको थियो। बजेटको सुनिश्चित भए लगत्तै आयोजनाले टेण्डर आह्वान गरेको छ।

सडक कालो पत्रे गर्नका लागि निर्माण कम्पनी छनौट भएर सम्झौता भएको मितिले तीन वर्षभित्र काम सम्पन्न गर्नु पर्ने छ। यसका सडकको किनारामा नाला निर्माण, सडकका लागि अन्य आवश्यक संरचनाको निर्माण, रिटेनिङ वाल र ग्याविन वाल लगाउने काम सहित साँढे सात मिटर चौढा सडकलाई कालो पत्रे गरिनेछ। एक मिटरको नाला निर्माण गरिनेछ।

यो खण्डको सडकलाई ट्राक खुलाउने कार्य गरे नेपाली सेनाले २०७९ सलमा सडक बिभागलाई हस्तान्तरण गरेको थियो। सेनाले सडक हस्तान्तरण गरेपछि हिल्सा सिमकोट सडक आयोजनाले सडक चौढा गर्ने र कल्भर्ट निर्माण गर्ने कार्य गत आर्थिक वर्षमा सम्पन्न गरेको थियो।

कर्णाली करिडोरको कालिकोटको खुलालुसम्म सडक यसअघि नै कोलो पत्रे भई सकेको छ। अब खुलालुदेखि पिलीसम्मको १०३ किलो मिटर सडक कालो पत्रे गर्न बाँकी रहेको छ जुन अर्को वर्ष काम सुरु हुने उनले बताए। त्यसपछि सलीसल्लादेखि सिमकोटसम्मको पचास किलो मिटर सडक कालो पत्रे गर्न बाँकी रहनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?