
२ सय ६२ औं सेना दिवसको अवसरमा नेपाली सेनाले प्रधान सेनापति खुला म्याराथनको आयोजना गरेको छ।
प्रधान सेनापति खुला म्याराथन आज आयोजना गरिएको हो। पुरुषतर्फ ४२.१९५ कि.मि., महिला र पुरुष खुल्लातर्फ २१ कि. मि. हाफ म्याराथनको आयोजना गरिएको हो ।
नेपाली सेनाका सैनिक अधिकृतहरु महिला र पुरुष दुवैको लागि १० कि.मि.को म्याराथनमा नेपाली सेनाका विभिन्न दहमा कार्यरत कर्मचारी र काठमाडौँ उपत्यकाका अवकाशप्राप्त सुरक्षा अधिकारी तथा १२ कक्षासम्म पढ्ने सैनिकका छोरा-छोरीहरूले भाग लिएका छन्।
त्यस्तै ५ कि.मि. वकाथनमा प्रधान सेनापति तथा आमन्त्रित व्यक्तिहरूले सहभागिता जनाएका थिए। त्यस्तै विभिन्न दूतावासमा कार्यरत सैनिकले पनि सहभागी भएका थिए।
प्रधान सेनापति खुला म्याराथनकझ विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्दा द्वितीयलाई २ लाख, तृतीय हुनेलाई १ लाख प्राप्त गर्नेछन्।
त्यस्तै चौथो हुनेलाई ५० हजार,पाँचौलाई ३० हजार, छैठौंलाई २५ हजार,सातौंलाई २० हजार,आठौंलाई १५ हजार,नवौंलाई १० हजार र दसौंलाई हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।
त्यस्तै २१ कि.मि. हाफ म्याराथनमा प्रथम हुने महिला र पुरुष दुवैले ७५ हजार, द्वितीय ५० हजार र तृतीय ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।
त्यस्तै १० कि.मी दौडमा प्रथम हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ। त्यस्तै म्याराथन तथा हाफ म्याराथन विजेताहरूलाई यामाहा कम्पनीको मोटरसाइकल तथा स्कुटर प्रदान गरिने सेनाले जनाएको छ ।
तस्बिरहरूः