ऊर्जामन्त्री खड्काद्वारा दूधकोशी जलविद्युत आयोजनाका प्रमुखलाई हटाउन दबाब

ऊर्जामन्त्री खड्काद्वारा दूधकोशी जलविद्युत आयोजनाका प्रमुखलाई हटाउन दबाब
+
-

काठमाडौँ– ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले दुधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई हटाउन दबाब दिएको विषय बाहिरिएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै गुरुङलाई हटाउन दबाब दिएको विषय बाहिरिएको हो।

ऊर्जामन्त्री खड्काकाबारेमा सामाजिक सञ्जालमा लेखेकै आधारमा गुरुङलाई हटाउन मन्त्री खड्काले दबाब दिएका हुन्।

मन्त्रालयका शाखा अधिकृत यज्ञ प्रसाद सुवेदीले फागुन ८ गते प्राधिकरणलाई पत्र लेख्दै गुरुङलाई तत्काल हटाउन निर्देश गरेका छन्।

‘गुरुङले मन्त्रालय र यस मन्त्रालयका मन्त्रीज्यूकाबारे सामाजिक संजालमा गैर जिम्मेवार ढंगले समाचार संप्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकमा समेत छलफल भइ निर्देशन समेत भै सकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन अनुरोध छ’, शाखा अधिकृत सुवेदीले लेखेको पत्रमा भनिएको छ।

देश सञ्चारलाई प्राप्त उक्त पत्रअनुसार फागुन ८ को सचिवस्तरको निर्णयानुसार गुरुङलाई हटाउन भनिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?