
काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउने तयारी गरेको विषय बाहिरिएको छ।
कांग्रेस–एमालेको संयुक्त सरकार बनेदेखि उनलाई हटाउने तयारी गरेको सरकारले विरोधकाबीचमा हटाउन सकेको थिएन।
अहिले फेरि सरकारले कुलमानलाई हटाउने तयारी गरेको विषय सतहमा आएको छ।
यस विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको विषयमा प्रतिक्रिया दिन चाहेनन्।
के कुलमानलाई सरकारले हटाएको हो भन्ने प्रश्नमा उनले भने – ‘यो विषय उर्जामन्त्रीलाई सोध्नुस्।’
अघिल्लो हप्ता संसद्मै उर्जामन्त्री खड्काले कुलमानले सरकारलाई नटेरको भन्दै हटाउन सकिनेसम्मको अभिव्यक्ति दिएका थिए।
यो पनि– ऊर्जामन्त्री खड्काद्वारा दूधकोशी जलविद्युत आयोजनाका प्रमुखलाई हटाउन दबाब