कर्णाली प्रदेश सभामा थन्किए नौ वटा विधेयक

कर्णाली प्रदेश सभामा थन्किए नौ वटा विधेयक
+
-

सिमकोट- कर्णाली प्रदेश सभामा नौ वटा विधेयक थन्किएका छन्। विधेयक तयार भए पनि सभामा छलफल अगाडी नबढेको कारण हालसम्म ती बिधेयक थन्किएका हुन् ।

कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९ चैत १२ मा कर्णाली प्रदेशसभामा दर्ता भएको थियो ।

गत वर्षको चैत १९ गते प्रदेशसभामा छलफल भएर वैशाख ७ मा सैद्धान्तिक सहमति बन्यो । २०८० वैशाख १७ मा संशोधन परेको सूचना टाँस भएपछि सामाजिक विकास समितिमा गयो । त्यसमाथि छलफल नहुँदा प्रदेश खेलकुद विकास समितिका पदाधिकारी नियुक्त हुन सकेको छैन ।

यसअघिका पदाधिकारीले झन्डै २ वर्षको पारिश्रमिकसमेत पाउन सकेका छैनन् । परिषद्मा पुस २६ गतेदेखि पदाधिकारीहरु रिक्त छन् । गत जेठ २७ गते दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कर्णाली संसद्मा दर्ता भयो ।

असार ३ गते प्रदेशसभामा छलफल भयो भने २४ गते सैद्धान्तिक छलफल सकियो । २७ गते संशोधनको सूचना परेपनि असार २८ गतेदेखि सामाजिक विकास समितिमै अड्किएको छ ।

जसका कारण दलित सम्वन्धि कुन काम अगाडी बढ्न सकेको छैन । त्यस्तै प्रदेश सभाको सचिवालयका अनुसार आन्तरिक मामिला तथा योजना मन्त्रालयबाट दर्ता भएका कर्णाली प्रदेश विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि समितिमै थन्किएका छन् ।

अघिल्लो संसद्को कार्यकालमा १० वटा विधेयक समितिमा थन्किएकै अवस्थामा निष्क्रिय बनेका थिए । प्रदेशसभा सचिवालयले अघिल्लो कार्यकालको पाच वर्षमा ५३ कानुन निर्माण गरेको थियो ।

संसद्को यो कार्यकालमा १६ वटा विधेयक दर्ता भए पनि अहिलेसम्म सात वटा विधेयक मात्र पारित भएका छन् । त्यसमध्ये चार वटा विधेयक प्रदेश सरकारको खर्च र कामकारबाहीसँग सम्बन्धित छन् भने स्थानीय सेवाका गठन, सञ्चालन र सेवाका सर्तहरुको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश निजामती सेवासम्बन्धी विधेयक तथा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानसँग सम्बन्धित विधेयक मात्र सार्वजनिक महत्त्वका हुन् ।

बाँकी नौ वटा विधेयक प्रदेशसभा र समितिमै थन्किएका छन् । कर्णाली प्रदेश सभामा चार वटा संसदीय समिति छन् । लामो समय सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति र अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्वविहीन भएको थिए तर तीन साताअघि मात्रै पूर्णता पाए । तर अहिले पनि समितिका बैठकहरू बस्न सकेको छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?