
काठमाडौँ – महाशिवरात्रि पर्वका लागि साधुसन्तहरू पशुपतिनाथ आउने क्रम जारी छ। केही साधुसन्तहरू भने आइपुगिसकेका छन्।
नेपालका साथै भारतका विभिन्न स्थानबाट महाशिवरात्रिका लागि साधुसन्तहरू पशुपतिनाथ मन्दिर आउने गर्छन्। यसरी आएका उनीहरूलाई महाशिवरात्रि पर्व सकिएपछि दक्षीणासहित पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्ने गर्छ।
यस्तै, यतिबेला पशुपति क्षेत्रमा सजावटको काम धमाधम भइरहेको छ। शिवरात्रि पर्वमा पशुपति क्षेत्रलाई फूल र झिलिमिलि बत्तीले सिँगारिएको छ। महाशिवरात्रि पर्व बुधबार छ।