ठूलो मात्रामा ब्राउनसुगर र चरेश बरामद, तीन जना पक्राउ

ठूलो मात्रामा ब्राउनसुगर र चरेश बरामद, तीन जना पक्राउ
+
-

नेपालगञ्ज– बाँके प्रहरीले भारतीयसहित तीन जनालाई ठूलो मात्रामा ब्राउनसुगर र चरेशसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार, भारतीय नागरिकबाट ७ सय २२ ग्राम ६३ मिलिग्राम ब्राउनसुगर र दुई जना नेपालीको साथबाट ४ किलो २ सय २० ग्राम चरेश बरामद भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५, इट्टाभट्टास्थित भारतबाट नेपालतर्फ आइरहेका भारत बहराइच काजीपुरुवाका २१ वर्षीय अल्वक्स खाँको साथबाट प्रहरीले ब्राउनसुगर बरामद गरेको हो ।

खाँ ब्राउनसुगर बोकेर नेपालमा बिक्री वितरणका लागि आइरहेका थिए । त्यस्तै, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४, बसपार्कस्थित सु.प.प्र. ०१–०११ प १८५५ नम्बरको स्कुटरमा रहेका कालिकोट खडाचक्र नगरपालिका वडा नं. १० का ३५ वर्षीय विक्रम शाही र भक्तबहादुर शाहीको साथबाट चरेश बरामद भएको छ ।

विक्रमले चलाएको स्कुटरमा पछाडी बसेका भक्तबहादुरले बोकेको झोलामा चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

पहाडी जिल्लामा उत्पादन हुने चरेश नेपालगन्ज हुँदै भारत लैजाने गरिन्छ । त्यस्तै, भारतबाट ब्राउनसुगर नेपालगन्ज हुँदै अन्य ठाउँमा लैजाने गरिन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?