
काठमाडौँ – महाशिवरात्रि तथा २६२ औँ सेना दिवसको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।
मंगलबार साँझ नेपाली सेनाको मुख्यालय जंगी अड्डामा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो। राष्ट्रिय सेवा दलले कार्यक्रमको आयोजना गरेको हो।
सेवा दलको युवा आदानप्रदान कार्यक्रममा सहभागी नेपालसहित भुटान, भारत र माल्दिभ्सले आफ्नो देशको संस्कृति झल्कने प्रस्तुति दिएका थिए।
कार्यक्रम बलाध्यक्ष रथी प्रदीपजंग केसीको प्रमुख आतिथ्यतामा गरिएको हो।
नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ।