समानान्तर कमिटी गठन गर्ने विषयमा महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका कार्यकर्ताबीच कुटपिट

समानान्तर कमिटी गठन गर्ने विषयमा महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका कार्यकर्ताबीच कुटपिट
+
-

मोरङ – विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीबीच कुटपिट भएको छ। क्याम्पसका स्ववियु सभापति जशवन्त पौडेलका अनुसार बिहान केही विद्यार्थीको समूह समानान्तर इकाइ कमिटी गर्ने उद्देश्यले क्याम्पस पुग्दा घटना भएको हो। चैत ५ गते हुने स्ववियु निर्वाचनको विषयलाई लिएर पूर्वक्याम्पसमा विद्यार्थीबीच बिहान ११ बजे कुटपिट भएको हो।

पौडेलका अनुसार नेपाल विद्यार्थी संघका जिल्ला सभापति सरोज पोखरेलसहितको टोली क्याम्पसमा आएर नयाँ कमिटी गठन गर्न विद्यार्थी भेला गर्न थालेपछि समस्या भएको हो।

उनले भने, ‘क्याम्पसमा इकाइ कमिटी गठनका लागि केन्द्रबाट प्रतिनिधि आउनुपर्छ। हाम्रो क्याम्पस केन्द्रीय हो। यहाँ इकाइ कमिटी गठनका लागि केन्द्रकै प्रतिनिधि आउनुपर्छ भनेका हौँ। उहाँहरू जिल्लाबाट आएर कमिटी गर्न खोज्नु हुन्छ त्यसको प्रतिवाद गर्ने क्रममा घटना भएको हो।’

उनले भने, ‘म पहिले क्याम्पसको नेविसंघ सभापति थिएँ। स्ववियु सभापति भएपछि प्रशान्त यादवलाई कार्यवाहक दिएँ। कामकारबाही राम्ररी नै चलिरहेको छ। एक्कासि नयाँ इकाई समिति गठन गर्न खोजिएपछि विवाद बढेर झडप भएको हो।’

यद्यपि, स्ववियु सभापति पौडेलले भने घटना भएका बेला आफू बाहिर रहेको र केहीबेरमा मात्रै क्याम्पसमा पुगेको बताए। उनले विवाद नेविसंघभित्रै रहेको उल्लेख गरे।

यसक्रममा सभापति पोखरेलसहित सचिव गुड्डु साह र महेन्द्र मोरङमै अध्ययनरत नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वास रहेका छन्। चुनावी वातावरण बुझ्नका लागि क्याम्पस गर्नेक्रमा अर्को समूहले कुटपिट गरेको विद्यार्थी पूजा विश्वासले बताइन्।

विश्वासले भनिन्, ‘जिल्ला सभापतिको स्वास्थ्यमा अलि समस्या देखियो। हामी २ जना सामान्य नै छौँ।’ स्ववियुमा चुनाव लागेकाले क्याम्पसको वस्तुस्थिति बुझ्न जिल्ला सभापति र सचिव पुगिरहँदा आक्रमण भएको उनले बताइन्।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मदन केसीले नेविसंघका विद्यार्थीबीच सामान्य हात हालाहाल भएको जानकारी दिए।

उनले भने, ‘तर, २ पक्षबीच एकआपसमा मिल्ने र घटनालाई थप नबढाउने सहमति भएको थियो। त्यसपछि उनीहरूबीच के भइरहेको छ भनेर थाहा छैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?